१८ माघ २०८१, शुक्रबार | Fri Jan 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरको मतपत्रका विषयमा शनिबार निर्णय हुने



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको शनिबारसम्म निरुपण हुने बताएका छन् ।

निर्वाचन आयोग परिसरमा शुक्रबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नष्ट भएका मतपत्रलाई कसरी व्यवस्थापन गर्ने, मत गणना गर्ने की पुनः निर्वाचन गर्ने भन्ने विषयमा विभिन्न कोणबाट छलफल भए पनि निचोडमा पुग्न भने बाँकी रहेको जानकारी दिए ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र को संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल तथा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००