१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख र उपप्रमुखमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल



ताप्लेजुङ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको छ ।

चुनावको मिति नजिकिदै जाँदा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको घोषणा गरिएको हो ।

समीकरणअनुसार कांग्रेसका केशवप्रसाद दाहाल प्रमुख र माओवादी केन्द्रका बमबहादुर भट्टराई उपप्रमुख बनेका हुन् । दाहाल कांग्रेसका पूर्व पार्टी जिल्ला सभापति हुन् भने भट्टराई वाइसिएलका पूर्व जिल्ला अध्यक्ष हुन् ।

यता नेकपा एमालेले भने छत्रपति प्याकुरेललाई प्रमुखमा उम्मेदवार बनाएको छ । एमालेले राप्रपा र नयाँ शक्ति पार्टी नेपालमध्ये एकसँग समीकरण गर्ने चर्चा छ । नयाँ शक्ति र राप्रपाले भने उपप्रमुखका प्रत्यासी मात्र घोषणा गरेका छन् । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००