५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावको मिति सारेपछि मधेसवादी दल खुसी



कैलाली, सरकाले दोस्रोचरणको स्थानीय तहको निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रीत दल खुसी भएका छन् ।

विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले दोश्रो चरणअन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ का लागि जेठ ३१ गते तोकिएको थियो । तोकिएको सो निर्वाचन मितिलाई परिवर्तन गरेर सरकारले असार ९ गते र त्यपछि पुनः असार १४ गते गर्ने मिति तोकिएको छ । निर्वाचन मिति सारिएपछि दल दर्ता, निर्वाचन प्रचारप्रसार लगायतका आवश्यक तयारी गर्न सजिलो हुने भएपछि मधेसकेन्द्रीत दल खुसी भएका हुन् ।

अघिल्लो पटक गरेको प्रतिबद्धता पूरा गर्न सरकारले ध्यान नदिएकाले सरकारलाई विश्वास गरिहाल्ने अवस्था नरहेको मधेशकेन्द्रीत दलका कतिपय नेताले बताएका छन् । तर उनीहरुले आफूहरुलाई पनि निर्वाचनमा जान पर्याप्त तयारीको समय छुट्याएको भन्दै सरकारलाई धन्यबाद समेत दिएका छन् ।

सरकारले मुद्दा सम्बोधन गरे आफूहरु पनि उत्साहित भएर चुनावमा सहभागी हुने राजपा कैलालीका नेता जङ्गबहादुर बडायकले बताए । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००