५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सरकारबाटै आचारसंहिता उल्लङ्घन’



नगरकोट, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आजआयोजित साक्षात्कार कार्यक्रममा उनले चुनावकै प्रक्रियामा सरकार फेरबदल हुनु संसारको कहीँ नभएको चलन भएको बताए ।

राजपालाई चुनावमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटीको खेल जस्तै भएको उनको भनाइ छ । नेता बिजुक्छेले नयाँ बन्ने बहुमतीय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्त भने राख्ने बताए । यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अवस्थामा प्रतिपक्षमै बसेर भए पनि सरकारलाई सहयोग गर्न सकिनेतर्फ उनले सङ्केत गरे । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००