१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोश्रो चरणको निर्वाचनमा एकढिक्का भएर जुट्न निर्देशन



काठमाडौँ, नेकपा माओवादी केन्द्रका पार्टी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वर्तमान सरकारले गरेका समग्र उपलब्धि र प्रगतिबारे संक्षिप्त जानकारी गराउँदै दोस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेलको सम्भावनाबारे सङ्केत गरे ।

प्रधानमन्त्री दाहालले स्थानीय तहको पहिलो निर्वाचन, दोस्रो निर्वाचनको तयारी, सत्ता हस्तान्तरण, मतगणनाको क्रममा भएको चितवन घटना, गणतन्त्र दिवसमा घोषणा गरिएको विभूषणलगायतका विषयमा संक्षिप्त जानकारी गराएको सांसद आशा कोइरालाले जानकारी दिइन् ।

साथै, दोस्रो निर्वाचनको मिति पछाडि धकेल्नु पर्नको कारण र आगामी दोस्रो चरणको निर्वाचनमा हुनसक्ने चुनावी तालमेलको सम्भावनाका बारे पनि प्रधानमन्त्री दाहालले संसदीय दललाई जानकारी गराएको उनले बताइन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन आफ्नो नेतृत्वको सरकारबाट हुनु र सङ्घीयता कार्यान्वयको सन्दर्भमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने– “माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा विद्युत्भार कटौतीको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “वर्षौदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ ।”

प्रधानमन्त्री ‘प्रचण्ड’ ले आफ्नो सरकारको पालामा महाकालीमा पुल निर्माण गर्ने तयारी गरिरहेको बताउँदै १४ वटा ठूला सडकसमेत निर्माण गर्ने तयारी गरिएको बताए ।

“यसै अवधिमा आर्थिक वृद्धिदर ७।५५ पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ, इतिहासमै पहिलोपटक सङ्घीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ” प्रधानमन्त्री प्रचण्डले भने । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००