५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याइयो



नेपालगन्ज, दोस्रो चरणको निर्वाचनका लागि सबै निर्वाचन अधिकृतको कार्यालय बाँके जिल्लामा सञ्चालनमा आएका छन् ।

मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार निर्वाचनसँग सम्बन्धित जिल्लाका संरचनालाई समेट्ने गरी सात स्थानमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो । यस जिल्लाका कुल २९५ मतदान केन्द्रलाई लक्षित गरी निर्वाचन कार्यालय खोलिएको पनि उनले बताए । बाँके जिल्लाका लागि नगर विकास समिति नेपालगन्जको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ ।

यसैबीच, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जको आयोजनामा जिल्ला समन्वय समिति बाँकेको कार्यालयका जिल्लास्तरीय नमुना मतदान र अन्तरक्रिया गरिएको छ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००