१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले रुपन्देहीका सात तहमा उम्मेदवारको टुङ्गो लगायो



तिलोत्तमा (रुपन्देही), नेपाली कांग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ ।

वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली कांग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला सभापति एवं सांसद अब्दुल रज्जाकले जानकारी दिए ।

नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद मखाँ र उपप्रमुखमा नववती यादवलाई उम्मेदवार बनाएको छ । खाँ नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापति हुन् । कञ्चन गाउँपालिकाको प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारूले उम्मेदवारी पाएका छन् । गैडहवा गाउँपालिका प्रमुखमा वसिउल्लाह मुसलमान र उपप्रमुखमा रीता पुनले उम्मेदवारी पाएका छन् । प्रमुखको उम्मेदवारी पाएका मुसलमान नेपाली कांग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति हुन् ।

रोहिणी गाउँपालिका प्रमुखमा अकबाल खाँ र उपप्रमुखमा चक्रवतीदेवी योगीले उम्मेदवारी पाएका छन् । मायादेवी गाउँपालिका प्रमुखमा धुव्रनारायण चौधरी र उपप्रमुखमा तारा यादवले उम्मेदवारी पाएका छन् । त्यस्तै, रुपन्देही कांग्रेसले कोटहीमाई गाउँपालिकाको प्रमुखमा वीरेन्द्रकुमार कलवार र उपप्रमुखमा सम्पाति यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मर्चवारी गाउँपालिका प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरईले उम्मेदवारी पाएका छन् ।

यस्तै, सिद्धार्थनगर नगरपालिका (भैरहवा) को उपप्रमुखमा माधवी शर्मा वाग्लेले उम्मेदवारी पाएको सभापति रज्जाकले जानकारी दिए । बाँकी रहेका गाउँपालिकाको जिल्ला छनौट समिति र उपमहानगर तथा नगरपालिकाको प्रमुख–उपप्रमुखका उम्मेदवार केन्द्रीय छनौट समितिले टुङ्ग्याउनेछ । अन्य नगरपालिकाको उम्मेदारको छिट्टै टुङ्गो लगाउने जिल्ला सचिव रामकृष्ण खाँणले बताए । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००