१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरणको निर्वाचन असार १४ गते



काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको छ । बुधवार विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारले सुरूमा निर्वाचनको मिति घोषणा गर्दा देशभर एकैचरणमा बैशाख ३१ गते गर्ने निर्णय गरेको थियो । पछि मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउन भन्दै दोस्रो चरणको निर्वाचन जेठ ३१ गते सारेको थियो । त्यपछि पनि निर्वाचन सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको मुख्य पर्व रमजान परेको भन्दै निर्वाचन १४ गते सारेको हो ।

प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००