१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु नेम्बाङ



पाँचथर, नेपाली कांग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ ।

प्रेस समन्वय समितिले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार चयन गरेको जानकारी दिइयो ।

कार्यक्रममा काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पार्टीको आधिकारिक उम्मेदवार नेम्बाङ र श्रेष्ठ भएकाले उहाँहरुलाई सहयोग गर्न आग्रह गरे ।

नगरप्रमुख पदका उम्मेदवार नेम्बाङ र उपप्रमुख पदका उम्मेदवार श्रेष्ठले आफूहरु विजयी भए नगरको विकास गर्ने र स्मार्ट सिटीको रुपमा फिदिम नगर बनाउने लक्ष्य अघि सारेका छन् । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार ००:००