५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी



१६ जेठ भक्तपुर। चाँगुनारायण (गरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सोम मिश्रले ८ हजार ५१२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८६९ मत प्राप्त गरी पराजित हुनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकी विना बाँस्तोलाले ८ हजार ७८९ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राधा बानियाँले ६ हजार ४७६ मत प्राप्त गरी पराजित भएकी छन् ।

चाँगुनारायण नगरपालिकामा राप्रपाबाट मेयरमा उठेका रवीन्द्रप्रताप शाहले ५ हजार १९८, उपप्रमुखका उम्मोर यवती कार्कीले ४ हजार ५४५ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीबाट मेयर पदमा उठेका न्हुछे फोजूले ४ हजार ४४२ र उपप्रमुख रीता काफ्लेले ४ हजार २२ मत पाएका छन् ।

त्यसबाहेकका अन्य दलले एक हजार मत पनि नघाउन सकेनन् । कूल ३४ हजार ४४८ मतदाता रहेको यस नगरपालिकामा २८ हजार ९१ मत खसेको थियो ।

यस नगरपालिकामा नेपाली कांग्रेस पहिलो, नेमकिपा दोस्रो र एमाले वा राप्रपामध्ये एक दल तेस्रो हुन्छ भन्ने नेपाली काँग्रेस र नेमकिपाको दाबीलाई चिर्दै अन्ततः एमाले पहिलो दल बन्न सफल भएको छ ।

चाँगुनारायण नगरपालिकामा वडा नं १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नं। ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । वडा नं ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए ।

निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै नगरप्रमुखमा निर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले काम गर्ने र चाँगुनारायण नगरपालिकाको समग्र विकास गर्दै यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–९ मा भने नेपाल मजदुर किसान पार्टीको समूह विजयी भएको छ । वडा अध्यक्षमा १ हजार ५१ मत प्राप्त गरी गणेश त्यात विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवास ढुङ्गानाले ९ सय ९५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला सदस्यमा नेमकिपाकै कमला गिरीले १ हजार ५२, दलित महिला सदस्य सुमित्रा दर्जीले १ हजार ४४, सदस्य विद्यापति थापाले ९ सय ८३ मत र कृष्णराम वासुकलाले १ हजार ३२ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार ००:००