Logo

माओवादीको उम्मेदवारी घोषणा धमाधम



बिर्तामोड (झापा), माओवादी केन्द्रले झापाका स्थानीय तहमा उम्मेदवारी घोषणा धमाधम गरिरहेको छ । पार्टीले आगामी चुनावलाई लक्षित गरेर औपचारिक कार्यक्रममार्फत उम्मेदवार चिनाउन थालेको हो ।

यसैक्रममा पार्टीले झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षसहित सबै वडामा उम्मेदवार तय गरी घोषणा गरेको छ । सो गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर तिम्सिना र उपाध्यक्षमा अस्मितकला लिम्बूसहितका उम्मेदवार सार्वजनिक गरिएको हो ।

पार्टीले वडा नं १ को वडा अध्यक्षमा पूर्णप्रसाद सञ्जेल, वडा नं २ मा दिवामाया अधिकारी, ३ मा डिल्लीराम श्रेष्ठ, ४ मा नारायण ढुङ्गाना, ५ मा विक्रम सालिङ, ६ मा प्रदीप खतिवडा र ७ मा मात्रिका पौडेललाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता निर्वाचन प्रचारप्रसार समितिका संयोजक बोधराज दाहालले गरेका थिए । उम्मेदवारी घोषणासँगै पार्टीले बुद्धशान्तिलाई देशकै नमुना गाउँ बनाउने ३२ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्