७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण ८ मा एमालेको समूह विजयी



भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं ८ मा एमालेको समूह नै विजयी भएको छ ।

वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजुले एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका सोम मिश्रले सात हजार ४६४ मत र उपप्रमुख विना बास्तोलाले सात हजार ८३६ मत प्राप्त गरी अग्रता लिएकी छन् ।

यता नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले ६ हजार ३९७ मत र उपप्रमुखमा सरु बाँनियाले छ हजार ९६५ मतले पछ्याइरहेका छन् ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाहले चार हजार ९८१ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ३२७ मत ल्याएका छन् ।

नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका न्हुछे फोजूले तीन हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत प्राप्त गरेका छन् ।

अन्तिम वडाका रुपमा रहेको ९ नम्बर वडाको मतगणना सोमबार राति ९ बजेदेखि सुरु भएको छ भने मंगलबार बिहानसम्ममा यस नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक हुने निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले जानकारी दिए । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार ००:००