१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरणको निर्वाचन सर्‍यो, असार ९ गते गर्ने निर्णय



काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनावलाई असार ९ गते सारेको छ । जेठ ३१ गतेका लागी तय भएको निर्वाचन असार ९ गते सारेको छ ।

आइृतबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३१ गते तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा ल्याउने सहमतिअनुसार मिति सारेको हो । आइतबार बालुवाटारमा बसेको प्रमुख दलहरूका शीर्ष नेताहरूको बैठकमा राजपालाई चुनावमा सहभागी गराउन निर्वाचनको मिति सार्ने सहमति भएको थियो ।

त्यसपछि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति सारेका हुन् । दोस्रो चरणमा १, २, ५ र ७ नं. प्रदेशमा हुने छ । ३, ४ र ६ नं. प्रान्तमा बैशाख ३१ गते नै निर्वाचन सम्पन्न भइसकेकाे छ भने, अधिकांशकाे मत परिणामसमेत अाइसकेकाे छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००