८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयुद्धका बेला गरेको कामकै आधारमा अबका काम – प्रमुख रावल



जाजरकोट, त्रिवेणी नलगाड नगरपालिकाका नवनिर्वाचित प्रमुख टेकबहादुर रावलले जनताको काम छिटो, छरितो तरिकाले सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनी विजयी भएका रावलले तत्काल सम्पन्न गर्नुपर्ने र केही समयपछि गर्नुपर्ने समस्या के के हुन् भनी सबै दलका प्रतिनिधिसँग सुझाव मागेका छन् ।

यस क्षेत्रमा टेलिफोन टावर, अवरुद्ध भएका विद्युत्को सञ्चालन, खानेपानी, सिँचाइमा कामको पहिलो प्राथमिकता रहेको उनले बताए । नलसिंङ गाड जलविद्युत् आयोजना निर्माणका लागि यहाँका नागरिकले गर्नुपर्ने काम र केन्द्रीय राज्यसत्तालाई गर्नुपर्ने खबरदारीका विषयमा समेत छलफल गरिएको थियो ।

उनले नगरपालिकामा सडक निर्माण कार्य तीव्र पारिनेसमेत बताए । जनताको काम हिजो जनयुद्धका बेला जसरी गरिएको थियो अब त्यही गतिमा हुने रावलले बताए । जनयुद्धका बेला २०५८ देखि २०६१ सम्म रावल जनसरकार प्रमुख थिए । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००