८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसद्वारा भरतपुर १९ मा पुनः मतदान गर्न माग



चितवन, नेपाली कांग्रेस चितवन शाखाले भरतपुर महानगरपालिका वडा नं १९ मा मतपत्र गणनाको क्रममा च्यातिएका मतपत्रका सम्बन्धमा पुनः मतदान गर्न माग गरेको छ ।

कांग्रेसको चितवनको बैठकपछि सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदानको माग गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

राति मतगणना भइरहेको अवस्थामा भएको घटनाको खेद व्यक्त गर्दै सो पार्टीले घटनाबारे छानबिन गर्न र दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थित गर्न माग गर्दा चासो नदेखाएकाले उक्त घटना भएको कांग्रेसको निष्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वडा नं १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानीयतह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान गर्नसमेत जोडदार माग गर्दर्छौं ।’

गएराति ११ः४४ बजे भरतपुर महानगरको मतगणनास्थलमा मतपत्र च्यातिएपछि अहिले मतगणना स्थगित भएको छ । महानगरका २९ वटा वडामध्ये २७ वटा वडाको मतगणना भइसकेको छ । वडा नं १९ को मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो भने २० नं को मतगणना गर्न बाँकी छ । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००