१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेलेकाे अग्रता



भक्तपुर, चाँगुनारायण नगरपालिका नगर प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट उम्मेदवार सोम मिश्रले ६ हजार ७२ मत र उपप्रमुख बिना बास्तोलाले ६ हजार ४५३ मतले अग्रता लिएको छ । कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले ५ हजार ८३९ मत र उपप्रमुख सरु बानियाँले ६ हजार ३०२ मतले पछ्याइरहेका छन् ।

यस नगरपालिकामा नेमकिपाका तर्फबाट प्रमुख पदका उम्मेदवार रहेका न्हुछे फोजूले तीन हजार २१४ मत र उपप्रमुख रीता काफ्लेले दुई हजार ६८६, राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाहले तीन हजार ६४०, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले तीन हजार २२६ मत ल्याएर पछ्याई रहेका छन् ।

वडा नं. ६ मा नेकपा एमाले र वडा नं ७ मा नेपाली कांग्रेसको समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा र सुजेन्द्र मुनकर्मी विजयी भएका छन् ।

वडा नं ७ मा एक वडा सदस्यबाहेक सबै नेपाली कांग्रेसको समूह विजयी भएको छ । जसमा वडाध्यक्षमा ज्ञानबहादुर केसीले एक हजार ७१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला वडा सदस्यमा एमालेकी दुर्गा थापा लामिछाने, कांग्रेसका उम्मेदवारहरु दलित महिला सदस्य मनिता नेपाली, सदस्यहरु शम्भु श्रेष्ठ र रमेश लामा मत प्राप्त गरी विजयी भएका छन् ।

मतगणना सकिएका वडामध्ये १, २, ५ र ७ मा कांग्रेसको समूह विजयी भएको छ भने वडा नं ३, ४ र ६ मा एमालेको समूह विजयी भएको छ । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००