३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक कालोपत्र गर्न स्थानीयवासीको २५ लाख



बेँसीसहर (लमजुङ), सदरमुकाम बेसीसहरका स्थानीयवासीले रकम संकलन गरी सडक कालोपत्र गरेका छन् ।

बेँसीसहर नगरपालिका– ८ का बासिन्दाले रु. २५ लाख सङ्कलन गरी चक्रपथ सडकखण्ड अन्तर्गत ३८५ मिटर सडक कालोपत्र गरेका हुन् । सो सडक कालोपत्रको लागि उपभोक्ताबाट रु २५ लाख सङ्कलन भएपछि बेँसीसहर नगरपालिकाबाट रु. २५ लाख प्राप्त भएको र यस काममा रु. ५० लाख खर्च भएको उपभोक्ता समितिका अध्यक्ष भरत पौडेलले बताए ।

सडक कालोपत्र गर्न सडकमा घर हुनेबाट प्रति मिटर तीनहजार रुपैया र सडकदेखि ५० मिटर पछाडी घरजग्गा हुनेबाट प्रतिमिटर एक हजार ५०० उठाइएको उपभोक्ता समितिका सचिव अर्जुन अधिकारीले बताए । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००