१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरः १८ वडामा एमाले, १४ मा कांग्रेस



काठमाडौँ, बत्तिस वडा रहेको काठमाडौँ महानगरपालिकामा दुई हप्ता लगाएर आइतबार बिहान सबै वडाको मत परिणाम सार्वजनिक गरिएकाे छ । जसमध्ये १८ वटा वडामा एमाले र १४ वडामा कांग्रेसले विजय हासिल गरेको छन् ।

एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा धु्रवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरराज डङ्गोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि वज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्र्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुलीले वडाध्यक्षमा विजय हासिल गरेका छन् ।

त्यसैगरी कांगेसका तर्फबाट वडा नं ५ मा रमेश महर्जन, ६मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डङ्गोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नं १४ मा महिला वडाध्यक्ष

एमालेको तर्फबाट महिला वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार शोभा सापकोटाले तीन हजार ८०७ मत ल्याएर विजय हासिल गरेकी हुन् । कामपाका अन्य वडामा सबै ठूल पार्टीले वडाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएका थिए । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००