१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा



डडेल्धुरा, स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।

मतपत्र झन्झटिलो भएकाले मतदाता शिक्षा लिनेमा बढीजसो वृद्धवृद्धा नै देखिएका छन् । युवायुवतीहरू विभिन्न सञ्चारमाध्यमबाट पनि मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी लिन सक्ने भएकाले पनि वृद्धवृद्धा प्रत्यक्ष रूपमा मतदाता स्वयंसेवकबाट नै मतदाता शिक्षा सिकिरहेको स्वयंसेवकहरूको भनाइ रहेको छ ।

मतदान गर्नु धर्म भएकाले मत बदर नजाओस् भन्नका लागि मतदान गर्ने तरिकाका बारेमा जानकारी लिइरहेको डडेल्धुरा अमरगढी– ७ ऐरी गाउँकी १०० वर्षीया मनु ऐरले बताइन् । सोही गाउँकी ७० वर्ष पार गरिसकेकी धनादेवी ऐरी मतदान गर्नका लागि खुसी हुँदै मतदाता स्वयंसेवकबाट मतदान गर्ने तरिकाका बारेमा छलफल गर्ने गरेको बताछिन् ।

गाउँमा वृद्धवृद्धा एकठाउँमा भेला भएर मतदाता स्वंमसेवकबाट मतदान प्रक्रियाका बारेमा सिक्ने गरेका छन् । ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा ६० वर्षभन्दा माथिका १२ हजार ४२४ वृद्धवृद्धा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ । चुनाव नजिकिँदै जाँदा यहाँका मतदाता पनि मतदानका लागि हौसिएका छन् । यहाँका राजनीतिक दलहरू पनि घरदैलो अभियानमा व्यस्त रहेका छन् । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००