५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता शिक्षा बारे अन्तर्कृया



गाईघाट (उदयपुर), जिल्ला निर्वाचन कार्यालय उदयपुरले शनीबार वृहत मतदाता शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाको सम्पूर्ण राजनीतिक दलसहितको सहभागितामा सञ्चालन गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा दलका उम्मेदवारले कसरी उम्मेदवार मनोनयन र दर्ता गर्ने भन्ने विषयमा केन्द्रिकृत भई अन्तक्र्रिया सञ्चालन भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताए ।

यस्तै जिल्लामा अहिले २७५ जना मतदाता शिक्षा सञ्चालन गर्न विभिन्न सामाजिक परिचालक तथा प्रतिनिधिसमेत सञ्चालन गरेको र अव राजनीतिक दलहरुले समेत मतदातालाई मतदान गर्ने विषयमा प्रशिक्षण दिनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत न्यायाधीश महेन्द्रबहादुर कार्कीले विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जेठ ३१ को निर्वाचन गराउन सुरक्षा निकायका सबै अङ्ग तयारी हालतमा रहेका कारण भयरहित वातावरणमा सबैले ढुक्क भएर मतदान गर्न अाग्रह गरे । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार ००:००