१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग



महेन्द्रनगर (धनुषा), जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा एमाले धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ ।

पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउनुपर्ने एमालेले माग गरेको छ । एमालेले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा प्रदर्शन गरिएको सो जुलुसमा केन्द्रीय सदस्य श्रीप्रसाद साह, नेत्री जुली महतोलगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार ००:००