५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा चार महिला प्रमुखका उम्मेदवार



काँकडभिट्टा, झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् ।

सोअनुसार नेकपा एमालेले कमल नगरपालिकामा मेनुका काफ्ले र नेपाली कांग्रेसले गौरीगन्ज गाउँपालिकामा फूलमति राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् ।

पन्ध्र स्थानीय तह रहेको झापामा कांग्रेसले आठ तह र एमालले नौ तहमा उम्मेदवार चयन गरिसकेका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख पदमा सीमित बनाइएको छ ।

माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जिल्लाभर उपप्रमुखमा मात्र महिलाको उम्मेदवारी तय गरेको छ । त्यसैगरी नयाँ शक्ति पार्टी झापाले मेचीनगर र अर्जुनधारा नगरपालिकामा क्रमशः पनिता ढकाल र देवकला प्रसाईंलाई प्रमुखको उम्मेदवारमा चयन गरेको छ ।

एकतिस दल दर्ता रहेको झापामा तीन पार्टीबाट चार जना मात्र उम्मेदवार हुनु सन्तोषजनक नरहेको अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष जसमाया गजमेरले बताइन् । नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष सुशीला ढकालले संविधानले दिएको अधिकारसमेत नदिई निर्णायक तहमा महिलालाई अवसर नदिँदा मुख्य पदबाट विमुख हुनुपरेको बताइन् । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार ००:००