५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा कांग्रेसकाे चुनावी अभियान



भोजपुर, आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेसले भोजपुर सदरमुकामबाट बिहीबार र्यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ ।

दोस्रो चरण निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रमलाई तीव्रता दिन लागेको भोजपुर नगरपालिकाको प्रमुख पदका कांग्रेस उम्मेदवार कैलाशकुमार आलेले जानकारी दिए ।

आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोजपुरको दुई नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने उनले बताए ।

यता माओवादी केन्द्र बाहेक अन्य दलले उम्मेदवार चयन गर्न सकिरहेका छैनन् भने भोजपुर जिल्लामा सबैभन्दा बढी चुनावी कार्यक्रममा माओवादी केन्द्र सक्रिय रहेको छ । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार ००:००