५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराको ३० र ३१ नं वडामा एमाले



पोखरा, पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन् ।

वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलले दुई हजार २८ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुर्गाप्रसाद सुवेदीले एक हजार ९२५ मत प्राप्त गरे ।

वडाको महिला सदस्यमा शारदा बास्तोला, दलित महिला सदस्यमा रमा नेपाली, खुला सदस्यद्वय सोमलाल कँडेल र चोलाप्रसाद बराल विजयी बनेका छन् ।

त्यस्तै, वडा नं ३१ को वडाध्यक्षमा एमालेका कमलबहादुर थापा क्षेत्री एक हजार ७६१ मतसहित विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शरदराज सुवेदीले एक हजार २६१ मत प्राप्त गरेका छन् ।

वडाको महिला सदस्यमा सावित्री भण्डारी, दलित महिला सदस्यमा विष्णु सुनार, खुला सदस्यद्वयमा विष्णुबहादुर भुजेल र पूर्णखर पाण्डे विजयी बनेका छन् । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार ००:००