७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘आयोगलाई थप जिम्मेवारी’



विराटनगर, प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको संख्या बढाउने निर्णयले आयोगमाथि थप जिम्मेवारी आएको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले आयोगको प्राविधिकसहितको बैठकले यस विषयमा गहन रुपमा छलफल गरी समस्यालाई एक सातामा समाधान गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

उनले स्थानीय तहको संख्या बढेकाले मतदाता नामावली, मतदाता परिचयपत्रका साथै अन्य सामग्रीको व्यवस्थापनका लागि आयोगसक्षम अर्को काम थपिएको जानकारी गराए । पत्रकारको जिज्ञासामा उनले दोस्रो चरणको निर्वाचनमा राजपालाई ‘छाता’ चुनाव चिह्न दिन नसकिने स्पष्ट पारे । उनले दोस्रो चरणको मतगणना छिटो गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी गराएका छन् ।

उनले जेठ १५ गते हुने बजेट भाषणका लागि आयोगको आचारसंहितानुकूल नै बजेट ल्याउन सरकारलाई पत्राचार गरी ध्यानाकर्षण गराइएको र आयोगसहित विभिन्न राजनीतिक दलको सामूहिक बैठकमा सो प्रतिबद्धता प्रकट पनि गरिएको बताए । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००