१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खैरहनी नगरपालिकामा एमाले विजयी



रत्ननगर (चितवन), पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लालमणि चौधरी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी भएका हुन् । लालमणिले १० हजार ७१७ मत प्राप्त गरेका छन् भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी भएकी हुन् । थपलियाले १० हजार ४५१ मत प्राप्त गरेकी हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८८८ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गरे भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत प्राप्त गरेका छन् ।

खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवं सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिए ।

उनका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ४, १२ र १३ वडामा कांग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००