१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आदर्श गाउँपालिकाः उपनिर्वाचनका लागि उम्मेदवार छनोट




डोटी । जिल्लाको आदर्श गाउँपालिका २ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि सत्तारूढ दल नेपल कम्युष्टि पार्टी नेकपा तथा नेपाली काङ्ग्रेस डोटीले आ–आफना उम्मेदवारको टुङ्गो लगाएका छन् ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारूढ दल नेकपाका तर्फबाट राम बोहरा तथा काङ्ग्रेसका तर्फबाट महादेव साउदलाई उम्मेदवारको टुङ्गो लगाएको हो । सत्तारूढ दल नेकपाले वडाध्यक्ष पदका लागि बोहरा तथा काङ्ग्रेसले साउदलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेका हुन् ।

तत्कालीन नेकपा एमाले बाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको जीप दुर्घटनाका कारण विसं २०७५ मा निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुनलागेको हो । निर्वाचनका लागि उम्मेदवार छनौट भएसँगै नेकपा र काङ्ग्रेस नेता कार्यकर्ताले अहिले गाउँपालिकामा आफ्ना चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको स्थानीयवासी दीपकबहादुर साउदले बताए । उनले भने, “अहिले गाउँमा चुनावी चहलपहल तथा दैनिक आमसभा भइरहेका छन्, आदर्श गाउँपालिका चुनावमय भएको छ ।” रासस

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार ००:००