७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रावती ८ मा नेकपा र काङ्ग्रेसले उम्मेदवार टुङ्गो लगाए




मेलम्ची । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मङ्सिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएका छन् । यसअघि निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ ।

नेकपाले केदारनाथ आचार्य र काङ्ग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गाउँपालिकास्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्यसमितिलाई बुझाइएको छ । उक्त वडामा नेकपा र काङ्ग्रेसबीच नै प्रतिस्पर्धा हुने आँकलन छ । उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन् ।

यसअघि सो वडामा काङ्ग्रेस विजयी भएको थियो । निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन ३६४ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले २२१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए । श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए । उनै आचार्यलाई अहिले पनि उम्मेदवारमा अघि सारिएको हो । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ००:००