८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जगदुल्ला गाउँपालिकामा ‘एक घर, एक व्यवसाय’ कार्यक्रम सुरू



डोल्पाको जगदुल्ला गाउँपालिकाले ‘एक घर, एक व्यवसाय’ सुरू गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा कार्यक्रम सुरू गरिएको हो ।

गाउँपालिकाले वडा नं ४ मा पर्ने भालु पाटनमा संयुक्त चौँरी फार्म स्थापना गरेर एक घर एक व्यवसाय कार्यक्रम थालेको छ । उक्त वडामा पर्ने चौँरीकोट गाउँका सबै घरधुरी कृषक लाभान्वित हुने गरि फार्मको स्थापना गरिएको छ ।

चौँरीकोटवासीको जीवनस्तर माथि उकास्दै आत्मनिर्भर बनाउने लक्ष्य राखेर कार्यक्रम सुरू गरिएको गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले बताए ।

कार्यक्रमका लागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ५० लाख रुपैयाँ र गाउँपालिकाले ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

करीब ४ हजार मिटर उचाइमा रहेको उक्त चौँरी फार्म व्यावसायिक मात्रै नभएर पर्यटकीय क्षेत्रसमेत भएको अध्यक्ष रोकायले बताए ।

चौँरी फार्म आसपासदेखि बाह्रै महिना हिउँ जमिराख्ने सेताम्य हिमाल, त्यहाँबाट देखिने छिमेकी जिल्ला जुम्लाका विभिन्न ठाउँको दृश्य साँच्चिकै मनमोहक भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

्यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन प्रदेश सरकारले सहयोग गर्ने शाहीले प्रतिबद्धता जनाए । गोठालाका लागि सुविधा सम्पन्न भवन, चौँरीका लागि आधुनिक गोठसमेत निर्माण गरिएको छ भने फार्म आसपासका क्षेत्र घेरबार गरिएको छ ।

अहिले यस फार्ममा ५३ चौँरी छ । फार्मले निकट भविश्यमै दूध, दही, घिउ, पुवा, छुर्पी, चौँरीपोर्ट लगायतका वस्तु उत्पादन गरेर आम्दानी गर्ने लक्ष्य राखेको छ ।

फार्मबाट उत्पादित दुग्धजन्य पदार्थ बिक्री वितरणका लागि ५ लाख रुपैयाँ खर्च गरेर डेरीसमेत स्थापना गरिएको छ । व्यसायबाट थुप्रै रोजगारीका अवसर सिर्जना हुने स्थानीयले विश्वास गरेका छन् ।

गाउँपालिकाले व्यवसायको सम्भाव्यता अध्ययन गरेर अन्य वडामा पनि भविश्यमा ‘एक घर एक व्यवसाय’ कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष शाहीले बताए । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार ००:००