२ माघ २०८२, बिहिबार | Fri Jan 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई आकारका स्वस्तिक चिन्ह पाइयाे, सहमति हुन सकेन



पोखरा, पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले दलसँगको छलफल सहमतिमा नपुगेका कारण स्वस्तिक छापको प्रयोग सम्बन्धमा केन्द्रीय निर्वाचन आयोगमा पत्राचार गर्न लागिएको बताएका छन् । उनका अनुसार आयोगको निर्देशनानुसार अन्य काम अघि बढ्ने छ ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराको संयोजनमा बिहानदेखि बसेको सर्वदलीय बैठकमा कुनै पनि सहमति नभएपछि स्वस्तिक छाप प्रयोगका सम्बन्धमा आयोगको आधिकारिक धारणा आएपछि मात्र मतगणना सञ्चालन हुने नहुने टुङ्गो लाग्ने भएको छ । शनिबार मतगणनाका क्रममा मतपत्रमा दुई आकारका स्वस्तिक चिन्ह पाइएपछि विवाद भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए ।

वडा नं १७ को मतगणनाका क्रममा फरक स्वस्तिक चिन्हको प्रयोग गरिएको बताइएको छ । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७४, आइतबार ००:००