८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागार्जुनको थप चारवटा वडाको मत परिणाम सार्वजनिक



काठमाडौँ, नागार्जुन नगरपालिकाको थप चारवटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएका चारवटै वडामा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार वडा नं ६ मा राजेन्द्र बुढाथोकीले एक हजार ११५ मत, वडा नं ७ मा रमेश गौतमले एक हजार १० मत, वडा नं ८ मा शुक्रबहादुर तामाङले ७४९ र वडा नं ९ मा रामकृष्ण भट्टराईले ६७८ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत लामिछानेले अब वडा नं १० को मतगणना मात्र बाँकी रहेको जानकारी दिए ।

यसैगरी प्रमुखमा कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतले छ हजार ३६३, एमालेका कृष्णहरि खत्रीले पाँच हजार ८९५ र राप्रपाका उद्धव थापाले दुई हजार ४६८ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसका कल्याणी खड्काले पाँच हजार ९८८, एमालेका सुशीला अधिकारीले छ हजार २७५ र राप्रपाकी मीरा कुँवरले दुई हजार २७४ मत प्राप्त गरेका छन् ।

नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००