५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरपालिकाः सार्वजनिक शौचालय सञ्चालनमा




राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेका तीनवटा आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ योजनाअन्तर्गत ८१ लाख १६ हजार ५९१ सहयोगमा तीन वटा सार्वजनिक शौचालय निर्माण गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्जमा सार्वजनिक शौचालयको अभाव भइरहेको गुनासोलाई सम्बोधन गरी अपाङ्गमैत्री र स्नानको समेत सुविधा भएको सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको छ । भेरी अस्पताल, जिल्ला र उच्च अदालत अगाडि र रामलिला मैदान नजिकको मासुमण्डीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

भेरी अस्पताल, जिल्ला र उच्च अदालतमा आउने सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको स्नानसहितको सार्वजनिक शौचालयमा पिसाब गरेको पाँच, दिसा गरेको १० र स्नान गरेको २० कायम गरिएको छ । अस्पतालमा टाढाबाट आएका बिरामीका कुरुवाले सार्वजनिक शौचालयमा गएर स्नानको सुविधा लिन पाउने भएका छन् ।

नेदरल्याण्डकै सहयोगमा धम्बोझीमा पनि आधुनिक सार्वजनिक शौचालय बनिरहेको छ । साविकको नगरपालिकाअन्तर्गत १७ वटा वडा हुँदा बजारमा एक दर्जन शौचालय थिए । तिनको व्यवस्थापन राम्रो हुन सकेको थिएन । नयाँ तीन वटा शौचालय थपिएको छ ।

उपमहानगरपालिका हुँदा थप गाविस मिसिएकाले सबै वडामा कम्तीमा एक–एक वटा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरपालिकाको नीतिअनुसार थप दश वटा नयाँ सार्वजनिक शौचालय बनाउने तयारीमा रहेको उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीले जानकारी दिए । रासस

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार ००:००