१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन गाउँपालिका अध्यक्षमाथि गोली प्रहार




अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए ।

अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहेका थिए । “हामीले हतियार खोस्न खोज्दा दुवै जना भागे”, अध्यक्ष साउदले भने ।

प्रहरी नायब उपरीक्षक शाहीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र अध्यक्ष साउद सकुशल रहेको बताए । रासस

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार ००:००