२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीका तीन गाउँपालिका एमाले र एकमा कांग्रेस विजयी



पोखरा, कास्कीका चार गाउँपालिकाको निर्वाचनमा नेकपा एमाले तीनमा अध्यक्ष तथा उपाध्यक्ष सहित र नेपाली कांग्रेस एक गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।

एमालेले मादी ,रुपा र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने कांग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ, उपाध्यक्षमा एमाले नै विजयी भएको छ ।

मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझाले चार हजार २१२ मत र उपाध्यक्षमा लालसुवा गुरुङ तीन हजार ९९५ मत ल्याई विजयी भएका छन् ।

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर गुरुङले पाँच हजार ८०७ मत र कृष्णकुमारी पौडेल दवाडीले पाँच हजार ४७९ मत ल्याई विजयी भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी भएका छन् भने उपाध्यक्षमा एमालेका सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी भएकी छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००