१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाह्रबिसे नगर प्रमुखमा एमालेका शेर्पा विजयी



चौतारा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका निमफुन्जो शेर्पा चार हजार ९२९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लिला नेपालले चार हजार ८१३ मत प्राप्त गरेकी छन् ।

सो नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली कांग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएका छन् । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा काँग्रेस, २ मा बमबहादुर तामाङ कांग्रेस, ३ मा एकबहादुर भण्डारी कांग्रेस, ४ मा ज्ञानेन्द्र श्रेष्ठ कांग्रेस, ५ मा बेलबहादुर रोक्का एमाले, ६ मा मोहनलाल श्रेष्ठ एमाले, ७ मा मिनबहादुर श्रेष्ठ एमाले, ८ मा सुरज लामा एमाले र वडा नं ९ को वडाध्यक्षमा सानु लामा कांग्रेस विजयी भएका छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००