५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखाल नगरपालिका ८, ९ र १० मा कांग्रेस विजयी



काभ्रे, पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका सञ्जय तामाङले एक हजार २० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कर्मसिंह तामाङले १६२ मत प्राप्त गरे ।

यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसका किरण श्रेष्ठले ७६२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गरेका छन् ।

यसैगरी नगरपालिका– १० को वडाध्यक्षमा कांग्रेसका केशव बञ्जारा ६०६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वेदप्रसाद बञ्जाराले ५८८ मत प्राप्त गरेका छन् ।

मण्डन देउपुर नगरपालिका– ८ को वडाध्यक्षमा एमालेका झलकप्रसाद पौडेलले ३९७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोदप्रसाद पौडेलले ३९३ मत प्राप्त गरेका छन् ।

धुलिखेल नगरपालिका– १ को वडाध्यक्षमा एमालेका रमेशप्रसाद घोरासैनीले ३८७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमबहादुर तामाङले ६६ मत प्राप्त गरेका छन् ।

नमोबुद्ध नगरपालिका– १ को वडाध्यक्षमा कांग्रेसका कर्म ग्याल्वो लामाले ५०८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यदर्शनप्रसाद प्याकुरेलले ४४९ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००