८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि




कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व ११ करोड ५१ लाख पुगेको छ । स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी पाँच करोड थियो ।

निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको पाँच करोडको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताए । गत आवको आम्दानीका आधारमा चालू आवमा १३ करोड २४ लाख आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ ।

पाँचौँ नगरसभाबाट नगरपालिकाले एक अर्ब २२ करोडको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी पाँच करोड ३२ लाख राजश्व सङ्कलन गरिएको छ । सेवा शुल्कबाट चार करोड २७ लाख आम्दानीको लक्ष्य राखिएको थियो । तीन करोड २६ लाख लक्ष्य राखिएको रोयल्टीबाट चार करोड ७७ लाख आम्दानी गरिएको छ ।

नक्सापासबाट एक करोड २० लाख, बहालकर ५४ लाख ४७ हजार आम्दानी गरिएको छ । गत वर्ष स्थानीय कर दुई करोड ४९ लाख, व्यवसाय कर ९२ लाख, सम्पत्ति कर ८२ लाख, दस्तुर दुई करोड ४५ लाख सङ्कलन गरिएको थियो ।

नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताए । सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार ००:००