७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायानाथ रारा नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी



मुगु, छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका हरिजंग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा एमालेका सुन्तला रोकायाले तीन हजार २२५ मत ल्याई विजयी भएको र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका शुरबहादुर बुढाले दुई हजार ९७० मत प्राप्त गरेका छन् ।

छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये कांग्रेस सात, एमाले चार र माओवादी केन्द्र तीनवटामा विजयी भएका छन् । वडा नं १ लोकबहादुर धिताल एमाले, २ मा परेगराज चौलागाई एमाले, ३ मा नरबहादुर रावल कांग्रेस, ४ मा विष्णुबहादुर भाम कांग्रेस, ५ मा डम्मर रावल एमाले, ६ मा हर्क ऐडी कांग्रेस, ७ मा हरिचन्द्र शाही एमाले, ८ मा कर्णबहादुर रावल कांग्रेस, ९ मा मणिचन्द्र रोकाया निर्विरोध माओवादी केन्द्र, १० मा धर्मदत्त सावद कांग्रेस, ११ मा दानबहादुर बुढा कांग्रेस, १२ मा सुवाषचन्द्र बुढा माओवादी केन्द्र, १३ मा चक्रबहादुर साउद कांग्रेस र वडा नं १४ मा नन्दलाल बढुवाल एमाले विजयी भएका छन् ।

यस्तै जिल्लाको तीनवटा गाउँपालिकामध्ये दुईवटाको मतगणना सम्पन्न भएको छ । कारमारोम गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इटोल लामाले ९१५ मत प्राप्त गरेका छन् । सो गाउँपालिकाको नौवटा वडामध्ये पाँच वटामा एमाले र चार वटामा कांग्रेस विजयी भएका छन् ।

वडा नं १ को वडाध्यक्षमा सोनाम याङ्जी तामाङ एमाले, २ मा कार्मा तामाङ माले, ३ मा लुङडुङ तामा कांग्रेस, ४ मा छिरिङ टासी तामा कांग्रेस, ५ मा छेवाङ ग्याल्जेक तामा एमाले, ६ मा कारमा फुन्जोक लामा निर्विरोध कांग्रेस, ७ मा च्यावा लामा कांग्रेस, ८ मा धोर्पा छिरिङ लामा एमाले र वडा नं ९ को वडाध्यक्षमा सिरु बुढा एमाले विजयी भएका छन् ।

यसैगरी खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जन शाही दुई हजार ३०७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विर्खबहादुर थापाले दुई हजार ३८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेका जयनन्द रावलले दुई हजार ३२२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सरिता रोकायाले दुई हजार ३१५ मत प्राप्त गरेकी छन् ।

सो गाउँपालिकाको ११ वडामध्ये एमाले चारवटामा, कांग्रेस तीन तथा माओवादी केन्द्र तीन तथा स्वतन्त्र उम्मेदवार एउटा वडामा विजयी भएका छन् । वडा नं १ को वडाध्यक्षमा मेरबहादुर बुढा माओवादी केन्द्र, २ मा लालबहादुर मल्ल एमाले, ३ मा सुकिन्द बानियाँ कांग्रेस, ४ मा कालीबहादुर रोकाया माओवादी केन्द्र, ५ मा मानसिंह रोकाया एमाले, ६ मा भरतबहादुर शाही माओवादी केन्द्र, ७ मा जयऋषी उपाध्याय कांग्रेस०, ८ मा रामबहादुर रावत कांग्रेस, ९ मा नरेन्द्र रोकाया स्वतन्त्र, १० मा तिलकबहादुर रावल एमाले र वडा नं ११ को वडाध्यक्षमा जङ्गबहादुर कार्की माओवादी केन्द्र विजयी भएका छन् ।

जिल्लाको सुरु गाउँपालिकाको मतगणना भइरहेको छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००