१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गङ्गाजमुनाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी



मलेखु (धादिङ), धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बलबहादुर अधिकारीले तीन हजार ३५६ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्दी कांग्रेसका अक्लबहादुर तामाङले तीन हजार १८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार एन्जिला तामाङले तीन हजार ५२२ मत ल्याइ विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी दुर्गा दाहालले तीन हजार १२८ मत प्राप्त गरेकी छन् । १४ हजार १५७ मतदाता रहेको गङ्गाजमुना गाउँपालिकामा नौ हजार ७६५ ले मतदान गरेका थिए ।

सात वडा रहेको गङ्गाजमुना गाउँपालिकाको निर्वाचित वडाध्यक्षमा वडा नं १ मा नेकपा माओवादी केन्द्रका यमबहादुर तामाङ, २ मा कांग्रेसका फैसिह तामाङ, ३ मा कांग्रेसका विजयकुमार तामाङ, ४ मा कांग्रेसका हरिराम श्रेष्ठ, ५ मा नेकपा एमालेका रामचन्द्र अधिकारी, ६ मा नेकपा एमालेका भक्तबहादुर लामीछाने र ७ मा नेकपा एमालेका बाबुराम न्यौपाने निर्वाचित भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले निर्वाचित

धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विनोद तिमल्सिनाले पाँच हजार ९५४ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामप्रसाद अधिकारीले पाँच हजार ९३० मत प्राप्त गरेका छन् ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका जानुका सिंखडाले पाँच हजार ७७९ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले चार हजार ८९४ मत प्रप्त गरेका छन् ।

रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००