१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा लेखनाथको वडा नं ७ मा एमाले, ६ र ८ मा मिश्रित



पोखरा, पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं ६ र ८ मा मिश्रित नतिजा आएको छ ।

वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ७ मा नेकपा एमालेका रामचन्द्र बराल एक हजार २१२ मतसहित वडाध्यक्षमा विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद वस्ताकोटीले एक हजार १११ मत प्राप्त गरेका छन् ।

महानगरको वडा नं ६ मा नेपाली कांग्रेसकाका जगत पहारी एक हजार ६७६ मतसहित विजयी बनेका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरमान श्रेष्ठले एक हजार २६९ मत प्राप्त गरेका छन् । उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं ८ को अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका रुद्रनाथ बराल एक हजार ८०३ मतसहित विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शारदा गिरीले एक हजार ६६३ मत प्राप्त गरेका छन् । वडामा खुलातर्फका दुई सदस्यमा कांग्रेसका उम्मेदवार र महिला सदस्य तथा दलित महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००