५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसले जित्याे



भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले जितेको छ । वडाध्यक्षमा १७ मतको अन्तरले विजयी भएको कांग्रेसले ३ सदस्यको पद पनि जितेको छ ।

वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी भएका छन् । आचार्यले १ हजार ३८५ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रवि श्रेष्ठले १ हजार ३६८ मत ल्याउनुभएको थियो ।

महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्कीले कांग्रेसबाट विजयी भएका छन् भने अर्का का उम्मेदवारहरु विजयी भएका छन् । अर्को सदस्यमा भने एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००