१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतको बिहादीमा एमालेका भुसाल, मोदीमा पौडेल



फलेवास, पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कमल भुसाल विजयी भएका छन् । गएराति १० बजे घोषणा गरिएको अन्तिम मत परिणामअनुसार भुसालले नेपाली कांग्रेसका प्रवीण गुरुङलाई ३०३ मत अन्तरले हराउँदै विजयी विजयी भएका हुन् ।

भुसालले २ हजार ४९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रवीण गुरुङले २ हजार २१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेका उम्मेदवार डम्बर कुमारी गुरुङले २ हजार ३१५ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार विष्णु खड्काले २ हजार २९९ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोती सापकोटाले जानकारी दिए ।

उक्त गाउँपालिकाका तीन वडामा नेपाली कांग्रेसले, दुईमा एमालेले र एकमा माओवादी केन्द्रले जितेको छ ।

मोदीमा पनि एमाले

यसैगरी, पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल विजयी भएका छन् ।

पौडेल १ हजार ३८८ मतको अन्तरले विजयी भएका छन् । पौडेलले ४ हजार ५११ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार विश्वप्रकाश प्रसार्इंले ३ हजार १२३ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा पनि एमालेकी सेती महत विजयी भएकी छन् । उनले ४ हजार २७२ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार मीना केसीले ३ हजार १४१ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मनबहादुर पौडेलले भने ६ सय ९१ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिका–१ मा कांग्रेसका प्यानल नै विजयी भएको छ भने अन्य ७ वटा वडामा एमालेले प्यानल नै जितेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ । रासस
–––––––

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००