२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतको जलजलामा कांग्रेसका मल्ल विजयी



फलेवास (पर्वत), उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल तीनहजार सातसय २३ मत प्राप्त गरी विजयी भएका छन् ।

गएराति अबेर सम्पन्न मतगणनामा मल्लले नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसका सीमा पुन विजयी भएका छन् । उनी तीन हजार ७८३ मत ल्याएर विजयी भएका हुन् ।

एमालेका अनिता शर्माले तीन हजार ६५७ र नेकपा माओवादी केन्द्रका सीता मल्लले एक हजार ५९४ मत प्राप्त गरे । यो गाउँपालिकाका वडा नं २, ३, ४ र ८ मा कांग्रेस, र वडा नं ७ र ९ मा नेकपा माओवादी केन्द्र तथा वडा नं १, ५ र ६ मा नेकपा एमाले का वडाध्यक्ष विजयी भएका छन् ।

वडा नं १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००