५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर महानगरद्वारा सामाजिक सुरक्षा भत्ता वितरण




विराटनगर । विराटनगर महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताबापत १९ करोड ५३ लाख २५ हजार ८०० वितरण गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो चैमासिकमा महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अति अशक्त ५४८ जनालाई सात लाख ७२ हजार ८००, एक हजार ५०४ एकल महिलालाई ८२ लाख ९७ हजार, एक हजार १३४ ज्येष्ठ नागरिकलाई सात करोड ९३ लाख पाँच हजार, पूर्ण अपाङ्गता भएका ५३२ व्यक्तिलाई ४३ लाख १० हजार ४०० र एक हजार २४६ बालबालिकालाई १९ लाख ८८ हजार ८०० वितरण गरेको छ ।

त्यस्तै दोस्रो चौमासिकमा अति अशक्त २६८ जनालाई छ लाख ७२ हजार ८००, ६७६ एकल महिलालाई ३६ लाख ९८ हजार, पाँच हजार १४१ ज्येष्ठ नागरिकलाई तीन करोड ६८ लाख ८० हजार, पूर्ण अपाङ्गता भएका ५७० व्यक्तिलाई २६ लाख ६७ हजार, ६६१ बालबालिकालाई १० लाख ७६ हजार ४०० वितरण गरेको छ ।

तेस्रो चौमासिकअन्तर्गत अति अशक्त ३०३ जनालाई ७४ लाख सात हजार २००, ७०७ एकल महिलालाई ३८ लाख ६१ हजार, पाँच हजार ५६२ ज्येष्ठ नागरिकलाई चार करोड २७ लाख १९ हजार, पूर्ण अपाङ्गता भएका २९२ व्यक्तिलाई २३ लाख २८ हजार, ६६४ बालबालिकालाई १० लाख ५६ हजार ४०० वितरण भएको कार्यालयका कर्मचारी लक्ष्मीप्रसाद धिमालले जानकारी गराए । रासस

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार ००:००