१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिकलमा एमाले विजयी



सिन्धुली, फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार तीन हजार २१४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यशोदाकुमारी घिमिरेले दुई हजार ७२३ मत प्राप्त गरिन् ।

यस्तै फिकल गाउँपालिकाका ६ वटा वडामध्ये दुईवटा वडाध्यक्षमा नेपाली कांग्रेस र चारवटा वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं– १ को वडाध्यक्षमा कांग्रेसका चेतबहादुर विश्वकर्माले ६०० मत तथा वडा नं–६ को वडाध्यक्षमा कांग्रेसकै खड्ग नेपाली ५३० मत ल्याई विजयी भएका छन् ।

यस्तै वडा नं २, ३, ४ र ५ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं २ को वडाध्यक्षमा शङ्कर भण्डारी ६७३, वडा नं ३ को वडाध्यक्षमा टेकबहादुर रजनमगर ६४७, वडा नं ४ को वडाध्यक्षमा गोपालबहादुर मगर ६६९ तथा वडा नं ५ को वडाध्यक्षमा राजु बराल ५७४ मत ल्याई विजयी भएका छन् ।

सिन्धुलीका ९ वटा तहमध्ये पाँच गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । कमलामाई, दुधौली, तीनपाटन नगरपालिका तथा सुनकोसी गाउँपालिकाको मतगणना कार्य चलिरहेको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००