९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध



बाजुरा । निरन्तर वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा पहिरो गएकाले यहाँका यातायात सेवा ठप्प भएको छ । लगातार वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा यातायातका साधन चल्न छोडेका हुन् ।

पूर्व–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी–गौमुल गाउँपालिका घटमना सडक, मार्तडी–छेडेदह गाउँपालिका डोगडी सडक, बाम्काबजार–त्रिवेणी नगरपालिकाको तोलीसडक, बाम्काबजार–डोगडी लगायत ग्रामीण सडक अवरुद्ध छन् । यस्तै अन्य ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक पनि अवरुद्ध भएका छन् ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले सबैतिरका सडक अवरुद्ध भएकाले यातायातका साधन चल्ने अवस्था नहुँदा जिल्ला सदरमुकाम आउन चार घण्टा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा पूर्वी उत्तरी क्षेत्रका बासिन्दालाई बढी समस्या भएको छ । सडकको विभिन्न ठाउँ भत्किनुका साथै बीचमा ठूलो बाउली खोला भएका कारण पनि सडक बन्द भएको बडिमालिका नगरपालिकाले जनाएकोछ ।

वर्षाका कारण हिलाम्मे सडकमा यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाटो बन्द हुँदा सदरमुकाम मार्तडी आउन अब दुई दिनको पैदल यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । जथाभावी खनिएका सडकले जिल्लामा पहिरोको उच्च जोखिम बढेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा ट्रयाक मात्र खोलिएका सडक वर्षायाम शुरु हुनेबित्तिकै बन्द हुने गरेका छन् । रासस

प्रकाशित मिति : २९ असार २०७६, आइतबार ००:००