३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरगढी गाउँपालिकामा एमाले



हेटौँडा, मकवानपुर जिल्लाका आठ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भएको छ ।

मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विदुर हुमागाईंले तीन हजार ८१४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्ष पदमा नेकपा एमालेका हर्कमाया रुम्बाले तीन हजार ७१७ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मन्दिरा जोशीले तीन हजार ७०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत देवकुमार राईले जानकारी दिए ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१९ वडाअध्यक्ष पदमा एमालेका नवराज सुवेदीले ८३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार भेटवालले ७६० मत प्राप्त गरेका छन् ।

अन्य गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मतगणनाको कार्य अहिले पनि जारी रहेको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००