७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा बैंक नहुँदा सदरमुकाममा भीड



असार १४, डोटी । यहाँका ९ मध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा ग्राहकको भीड लाग्ने गरेको छ ।

सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा हिजो–आज सेवाग्राहीको थेगी नसक्नु भीड लाग्ने गरेको छ ।

असार महीनाको शुरुआतदेखि नै बैंकमा भीड बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका कर्मचारी गणेश विष्टले बताए ।

“यहाँ बाहेक अरू स्थानीय तहमा बैंक छैन । उपभोक्ता समितिहरूको काम सरकारी बैंकबाट मात्र हुने भएकाले आर्थिक बर्षको अन्त्यमा बैंकमा भीड बढेको हो,”

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको जिल्लाको बडीकेदारबाट आएका सेवाग्राही प्रकाशबहादुर कलेलले बताए ।

जिल्ला सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भीड बढेको स्थानीय व्यापारी मोहन पातलीले बताए । “जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हँुदा असारमा उपभोक्ताको भीड भएको हो ।”

गत वर्षको साउन महीनामै स्थानीय तहमा बैंक स्थापना गर्ने सुरक्षा, सडक सुविधा विद्युतजस्ता पूर्वाधार अभावले बैंकहरू स्थानीय तहमा जान नमानेपछि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिक बैंकिङ कारोवार तथा तलब भत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायल धाउन बाध्य छन् । रासस

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ००:००