९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पाको त्रिपुरा सुन्दरी नपाको प्रमुखमा एमाले



डोल्पा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

विजयी हुनेमा प्रमुखका उम्मेदवार ओमबहादुर बुढाले एक हजार ६०९ मत ल्याएर विजय भएका छन् भने उपप्रमुखमा चन्द्राकुमारी बुढाले एक हजार ८४५ मत ल्याएर विजयी भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट प्रमुखका उम्मेदबार दिलबहादुर विष्टले एक हजार ५९१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्टभन्दा एमालेका उम्मेदवार बुढा १८ मत मात्रै बढी ल्याएर विजयी भएका हुन् ।

त्यस्तै, प्रमुखका माओवादीका उम्मेदवार रामलाल विकले ८३७ मत ल्याए ।

त्यस्तै, कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बुद्धाकुमारी शाहीले एक हजार ६४ मत ल्याएर पराजय भइन् । माओवादीबाट उपप्रमुखका उम्मेदवार काली चलाउनेले ९५५ मत प्राप्त गरिन् ।

उक्त नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कमसिंह थापा २८३ मतसहित कांग्रेसको प्यानलनै विजयी भएको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००