पोखरा, कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेका नवराज ओझा चार हजार २१२ मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी लाल सुब्वा गुरुङ तीनहजार ९९५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी जी माया गुरुङले तीन हजार ४५६ मत ल्याएकी छन् ।
सो गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ मा पूरै प्यानलसहित नेकपा एमालेका वडाध्यक्ष क्रमशः रामजी अधिकारी, मुकुन्द वंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ विजयी भएका छन् ।
त्यस्तै, वडा नं १, २ र ७ मा नेपाली कांग्रेसका पूरै प्यानलसहित वडाध्यक्षहरु दीपक आलेमगर, हरिकृष्ण ओझा र दयासागर सुवेदी विजयी भएका छन् ।
सात वडा भएको सो गाउँपालिकामा ११ हजार ३१५ मतदाता भएकोमा आठ हजार २६४ मत खसेको थियो । रासस
प्रतिक्रिया